बिटीएस ४ वर्षपछि कमब्याक टुरमा

मेक्सिकोकी राष्ट्रपतिद्वारा कोरियाका समकक्षीसँग शो थप्न आग्रह


विश्वप्रसिद्ध के–पप समूह बीटीएस चार वर्षपछि पुनः अन्तर्राष्ट्रिय सांगीतिक यात्रामा निस्कने भएको छ। उनीहरूको यो कमब्याक टुरप्रति देखिएको उत्साह यति व्यापक छ कि मेक्सिकोमा त टिकटको अभावले राष्ट्रिय तहकै चर्चा पाएको छ।

यहा“सम्म कि मेक्सिकोकी राष्ट्रपतिले नै दक्षिण कोरियाका समकक्षीस“ग आफ्नो देशमा थप कन्सर्ट आयोजना गरिदिन अनुरोध गरेकी छन्। राष्ट्रपति क्लाउडिया सेनबाउमले हालै आफूले कोरियाली राष्ट्रपतिलाई औपचारिक पत्र पठाएको बताउ“दै जवाफको प्रतीक्षामा रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

संगीत उद्योगका लागि ऐतिहासिक क्षण मानिएको मेक्सिको सिटीको तीनदिने कन्सर्ट शृंखलाका सबै टिकट खुलेको जम्मा ३७ मिनेटमै बिक्री भएको छ। टिकट मास्टरका अनुसार करिब १ लाख ५० हजार टिकटको लागि ११ लाख मानिस एकैचोटि अनलाइन क्युमा जोडि“दा यो क्षेत्रमै अहिलेसम्मकै सबैभन्दा कडा टिकट होडबाजी देखिएको थियो। बीटीएसको करिब ७९ दिन लामो विश्व टुरअन्तर्गत मे महिनामा मेक्सिकोमा कार्यक्रम तय गरिएको छ। टिकट खुलेको केही समयमै सबै टिकट बिक्री भइसकेपछि टिकट बिक्री प्रक्रियामै अनियमितता भएको भन्दै स्थिति झन् चर्किएको छ। मेक्सिकोका युवामाझ बीटीएसको लोकप्रियता निकै उच्च रहेको पनि राष्ट्रपति सेनबाउमले उल्लेख गरेकी छन्।

आधिकारिक रूपमा तोकिएको टिकट मूल्य नेपाली करिब १० हजारदेखि १ लाख ३५ हजार रुपैया“सम्म भए पनि पुनः बिक्री गर्ने अनलाइन प्लेटफर्ममा ती टिकटको मूल्य अत्यधिक बढेर ८५ हजारदेखि ७ लाख रुपैया“सम्म पुगेको पाइएको छ। यसले ठूलो आर्थिक चलखेल भएको आशंका थप बलियो बनाएको छ। टिकट बिक्री प्रक्रियामै अनियमितता भएको भन्दै प्रशंसकहरूले टिकट वितरण कम्पनीविरुद्ध गुनासो गरेपछि छानबिन पनि अघि बढाइएको छ। मेक्सिकोको उपभोक्ता अधिकार हेर्ने निकायले स्टबहब र भियागोगोजस्ता रिसेल प्लेटफर्ममाथि अन्यायपूर्ण तथा भ्रामक कारोबार गरेको आरोप लगाउ“दै कारबाही प्रक्रिया अघि बढाएको छ। सैन्य सेवापछि बीटीएसको यो भव्य पुनरागमनले उनीहरू र प्mयानबीचको सम्बन्ध झन् गहिरो र बलियो भएको प्रमाणित गरेको छ।

सन् २०२२ को मध्यतिरपछि बीटीएसले समूहका रूपमा नया“ गीत तयार गरेका छैनन्। सदस्यहरू आ–आफ्नो सोलो गतिविधि र त्यसपछि अनिवार्य सैन्य सेवामा व्यस्त रह“दा समूह केही समय निष्क्रिय बन्न पुगेको थियो। त्यसैले पनि अहिलेको पुनरागमनलाई विश्वभरका फ्यानले विशेष महत्वका साथ हेरिरहेका छन्। यो वर्षकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रममध्ये एक मानिएको बीटीएसको यो टुर अप्रिल ९ देखि दक्षिण कोरियाको गोयाङबाट सुरु हुने छ। त्यसपछि उनीहरू एसिया, युरोप र उत्तर अमेरिकाका प्रमुख सहरमा प्रस्तुति दिन पुग्नेछन्।