काठमाडौँ
डिशहोम इन्टरनेटले सर्भिस अन डोर ‘एसओडी’ अभियान सुरुवात गरेको छ ।
डिशहोम इन्टरनेटले आफ्ना इन्टरनेट सेवालाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ ‘एसओडी’ अभियान औपचारिक रूपमा सार्वजनिक गरेको छ । उक्त अभियान बागमती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरी क्षेत्रबाट माघ १५ गते देखि संचालन गरिएको छ ।
यस अभियानअन्तर्गत ग्राहकले डिशहोम इन्टरनेटको सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवा आफ्नै घरमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै, कम्पनीका दक्ष प्राविधिक टोलीहरू घरमै पुगेर सेवा प्रदान गर्नेछन् ।
‘एसओडी’ अभियान काठमाडौं उपत्यकाबाट सुरु भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रमा समेत विस्तार गरिनेछ । साथै, यस अभियानमार्फत ग्राहकले वार्षिक रिचार्ज गर्दा विशेष छुट तथा अतिरिक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।
अभियान सम्बन्धी विस्तृत जानकारीका लागि डिशहोम इन्टरनेटको कार्यालयमा सम्पर्क गर्न सकिने छ ।











प्रतिक्रिया