ज्योति विकास बैंक लिमिटेडले चितवनको सौराहामा अवस्थित राइनो लज तथा होटलमा आफ्ना ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले सम्झौता सम्पन्न गरेको छ। उक्त सम्झौताअनुसार ज्योति विकास बैंकका ग्राहकहरूले होटलको विभिन्न सेवा तथा सुविधामा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
सौराहाको रमणीय प्राकृतिक दृश्य, शान्त वातावरण तथा उच्चस्तरीय सेवा–सुविधाका कारण राइनो लज तथा होटलले पर्यटकहरूको मन जित्दै चितवनको एक विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ। यस सम्झौताले बैंकका ग्राहकहरूलाई गुणस्तरीय आतिथ्य सेवा सहुलियत दरमा उपभोग गर्ने अवसर प्रदान गर्ने विश्वास बैंकले लिएको छ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै समाजप्रति उत्तरदायी रहँदै आएको ज्योति विकास बैंकले नवीनतम सोचसहित समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्ने लक्ष्यलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। बैंकले समस्त नागरिकको जीवन उज्यालो बनाउने उद्देश्यका साथ सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरूलाई निरन्तरता दिँदै आगामी दिनहरूमा पनि सकारात्मक परिवर्तनको ज्योति बन्ने अठोट व्यक्त गरेको छ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा सामाजिक उत्तरदायित्व अन्तर्गत ५० प्रतिशतभन्दा बढी रकम सामाजिक कार्यमा छुट्याउँदै आएको यस विकास बैंकले नागरिकको सर्वोत्तम हितलाई सधैँ प्राथमिकतामा राख्दै आएको छ।
स्वस्थ र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई आत्मसात गर्दै, बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम तथा जीवन रक्षा गर्ने उद्देश्यले चालेको पहलबाट हालसम्म ७० वटा न्यानो नानी उपकरणमार्फत प्रत्येक वर्ष २ हजार ५ सय ९० भन्दा बढी नेपाली शिशुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। यस किसिमका जीवनरक्षक कार्यमा नेपालका बैंक तथा वित्तीय संस्थामध्ये ज्योति विकास बैंक अग्रपङ्क्तिमा रही समाजमा सकारात्मक परिवर्तनको बीजारोपण गर्दै आएको छ।
राष्ट्रप्रतिको दायित्व निर्वाह गर्दै गएको आर्थिक वर्षमा बैंकले ४१ करोड रुपैयाँ कर तिरेर राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको छ।
हाल ज्योति विकास बैंकले उपत्यका तथा उपत्यका बाहिर गरी ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा स्वचालित टेलर मेशिन (एटिएम) मार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।











प्रतिक्रिया