विपद् व्यवस्थापन तालिम शिक्षालयलाई रनिङ्ग अवार्ड


काठमाडौँ।

यस बर्ष पनि सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार केन्द्रिय निरिक्षणमा प्रथम भएको छ ।२५औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा माघ ९ गते आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक भरत खनियाँलाई ‘रनिङ्ग अवार्ड’ प्रदान गरे।

यसवर्ष सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणको क्रममा देशभरका तालिम शिक्षालयहरु मध्ये सो तालिम शिक्षालय प्रथम भएको हो।
यसअघि पनि विभिन्न समयमा उत्कृष्ट शिक्षालयले ‘रनिङ्ग अवार्ड’ जितेको छ ।