पाकिस्तानको कराँचीको गुल प्लाजा मल आगलागीमा मृतक ६७ पुगे


काठमाडौं । 

पाकिस्तानको कराँचीस्थित गुल प्लाजा मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ।

स्थानीय सरकारी प्रवक्ताका अनुसार जनवरी १७ मा तीन तले मलमा आगलागी भएको थियो। हालसम्म ६७ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ भने डीएनए परीक्षणमार्फत ८ जनाको पहिचान पुष्टि भएको छ।

आगलागीको कारणबारे अनुसन्धान जारी छ। उद्धार तथा शव पहिचान कार्य ढिलो भएको भन्दै पीडित परिवारले असन्तोष व्यक्त गरेका छन्। प्रान्तीय सरकारले मृतक परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ।