चिनियाँ उच्चस्तरीय टोली आज नेपाल आउदै

2.54k
Shares

काठमाडौँ ।

नेपालमा जेन– जी आन्दोलन पछि भू– राजनीतिक चलखेलको चर्चा र निर्वाचनको चहल– पहल भै रहेको बेला चिनियाँ उच्च स्तरीय टोली आज (विहिवार) नेपाल आउन लागेको छ । जेन– जी आन्दोलन पछि पहिलो पटक चिनियाँ उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभाग अन्र्तगत नेपाल मामिला प्रमुख झेङ युया (नेपाली नाम सरला) नेतृत्वको तीन सदस्यीय टोली नेपाल आउन लागेको हो ।

तीन दिने भ्रमणको लागि नेपाल आउन लागेको झेङ युया नेतृत्वको प्रतिनिधि मण्डल आज काठमाडौँ आईपुग्ने छ । जेन– जी आन्दोलन पछि नेपालमा पश्चिमा शक्तिको प्रभाब बढेको चीनको बुझाई रहेको छ । त्यसैले पनि चीनले नेपालमा लामो समय बसेर हाल चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभाग अन्र्तगत नेपाल मामिला प्रमुखको रुपमा काम गरिरहेको झेङ युया नेतृत्वमा टोली पठाएको जानकारहरु बताउछन् ।

नेपालको राजनीतिक अवस्था तरल र जटिल मोडमा रहेको तथा जेन– जी आन्दोलन पछि गठन भएको वर्तमान सरकार फागुन २१ को निर्वाचनमा सक्रियता पूर्वक लागिरहेको बेला आउन लागेको चिनियाँ उच्चस्तरीय टोलीको भ्रमणलाई महत्वको साथ हेरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभाग अन्र्तगत नेपाल मामिला प्रमुख झेङ युयाको नेपालका सबै राजनीतिक दलका नेताहरुसंग राम्रो सम्बन्ध रहेकोले पनि यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । उच्च स्तरीय टोलीले तीन दिन बसाईको क्रममा नेपालको राजनीतिक अवस्थाको अध्यनसंगै प्रधानमन्त्री सुशीला कार्की, बिभिन्न राजनीतिक दलका नेता लगायतसंग भेट गर्ने कार्यक्रम रहेको बताईएको छ ।