नवलपरासी।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार–२, भेलौरीस्थित कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन्।
झापाको बिर्तामोडस्थित निभी आदर्श कलेजका कक्षा १२ का ३५ विद्यार्थी बोकेको ग१ख ९५४६ नंको बस आज दिउँसो पोखराबाट गैँडाकोटतर्फ आउँदै गर्दा ब्रेक फेल भएर करिडोरको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइतेमध्ये चार जनालाई स्थानीय बुलिङटार अस्पतालमा उपचार भइरहेको छ भने दुईजनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ। प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार झापा–८ निवासी १८ वर्षीया उन्नति पाठक र १८ वर्षीय गगन नेचेलाई भरतपुर लगिएको छ।
स्थानीय अस्पतालमा उपचाररत घाइतेमध्ये १८ वर्षीय अनिल जयसवाल, १८ वर्षीय अङ्कित सिटौला, १८ वर्षीय साङनुमा लिम्बू र १७ वर्षीया पवित्रा गुरुङ रहेका छन्।
बस र चालक अहिले इलाका प्रहरी कार्यालय बुलिङटारको नियन्त्रणमा राखिएको छ।











प्रतिक्रिया