रामेछापमा जेन–जी  उमेर समूहको उम्मेदवारी परेन


रामेछाप ।

 आमामी निर्वाचनका लागि रामेछापमा ३ स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तर जेन जी उमेर समूह अर्थात् २८ बर्षभन्दा कम उमेर समूहको १ जनाको पनि उम्मेदवारी परेको छैन् । 

मुख्य अधिकृतको कार्यालयले कार्यालय मंगलबार साँझ सार्वजनिक गरेको उम्मेदवार विवरणअनुसार जिल्लाबाट दर्ता भएका सबै उम्मेदवारको उमेर २९ वर्षभन्दा माथि रहेको देखिन्छ । मुख्या निर्वाचन अधिकृतको कार्यालय रामेछापले प्रकाशन गरेको सूचनामा सबै भन्दा कम उमेरका स्वतन्त्र उम्मेदवार २९ बर्षमा छन् भने सबै भन्दा जेष्ठ उम्मेरका नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र खड्का रहेका छन् । 

त्यसैगरी  नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट उम्मेदवारी दर्ता गरेकी केसरी श्रेष्ठ ५७ वर्षकी छन् ।  नेपाली कम्युनिस्ट पार्टीका श्यामकुमार श्रेष्ठ ५४ वर्षका, राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.)बाट गोरे तामाङ ६० वर्षका र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कृष्णहरी बुढाथोकी ४४ वर्षका रहेका छन्। 

यस्तै, नेकपा एमालेबाट माधवप्रसाद ढुङ्गेल ४८ बर्ष¸ जनमोर्चाबाट अर्जुन बहादुर थापा मगर ५१ वर्षका हुन् ।  स्वतन्त्र उम्मेदवारका रूपमा बाबुकाजी खड्का ४० वर्षका र सन्तोष घिमिरे ३५ वर्षका हुन् । श्रम संस्कृति पार्टीबाट ढाल बहादुर खपाङी मगर ३७ वर्षका, नेशनल रिपब्लिक पार्टीबाट याम बहादुर मोक्तान ३५ वर्षका , उज्यालो नेपाल पार्टीबाट दीप बहादुर योन्जन ४२ वर्षका र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बिरेन्द्र श्रेष्ठ ४३ वर्षका हुन्। आम जनता पार्टीबाट पदम बहादुर तामाङ ४६ वर्षका हुन् भने विनोद घिसिङले मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार ३५ वर्षका र यमुन बहादुर बस्नेतले ने क.पा. (माओवादी) का उम्मेदवार  ५० वर्षका हुन्  ।