आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार प्रत्यक्षतर्फ केही कलाकर्मीले पनि मनोनयन दर्ता गराएका छन्।
कलाकार निशा अधिकारीले काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएकी छिन्। गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी उनी कांग्रेसका महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल र रास्वपाका सस्मित पोखरेलका साथमा सो क्षेत्रबाट प्रतिस्पर्धामा भिड्न लागेकी हुन्। त्यस्तै अभिनेत्री, निर्मँत्री एवम सामाजिक अभियन्ता आशिका तामाङ धादिङ क्षेत्र नम्बर १ गल्छीबाट चुनावी मैदानमा उत्रिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट टिकट पाएकी उनलाई मनोनयन दर्ता गर्न जा“दा धादिङवासीले उत्साहका साथ स्वागत गरेका थिए।
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ थुप्रै कलाकर्मी उम्मेदवार रहेका छन्। समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै कलाकारलाई उम्मेदवार बनाएको छ। रास्वपाबाट गायक प्रकाश सपुत, अभिनेत्री तथा टिभी होस्ट रीमा विश्वकर्मा, मोडल तथा अभिनेता रुपक घिमिरे, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ बन्दसूचीमा रहेका छन्। यो सूची रास्वपाको संशोधित सूची हो।
केही समयअघि लोकप्रियताको आधारमा सर्वाधिक सेलिब्रेटी समावेश गरेको भन्दै चौतर्फी विरोध भएपछि समानुपातिकको सूचीमा परेका सम्बन्धित कलाकारले आफ्नो नाम फिर्ता लिएका थिए। नाम फिर्ता लिनेमा मुस्लिमतर्फको समानुपातिक सूचीमा परेका अभिनेता तथा टेलिभिजन होस्ट आसिफ शाह रहेका थिए। त्यस्तै उज्यालो नेपालको तर्पmबाट आदिवासी महिलातर्फ पा“चौ“ नम्बरको समानुपातिक सूचीमा रहेकी गायिका डा. त्रिशला गुरुङले पनि उम्मेदवारी फिर्ता लिएकी थिइन्। नेकपा एमालेले गायिका तथा सञ्चारकर्मी कोमल वलीलाई समानुपातिक उम्मेदवार बनाएको छ। त्यस्तै आम जनता पार्टीले अभिनेत्री एलिजा गौतमलाई समानुपातिकको उम्मेदवार बनाएको छ।











प्रतिक्रिया