–राजनीतिक अपराध भएको विश्लेषण
काठमाडौं ।
नागरिक सरकारको हुर्मत लिँदै एकाएक सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएर ललितपुर क्षेत्र नं २ बाट रास्वपाको टिकट हत्याउन सफल भएका जगदीश खरेलको उम्मेदवारीप्रति ललितपुर रास्वपाभित्रै चरम असन्तुष्टि देखिएको छ । मन्त्री पदको दुरुपयोग गर्दै रास्वपाको नेतृत्वसँग साँठगाँठ गरी एकाएक टिकट फुत्काएपछि खरेलसँग रास्वपा ललितपुरका नेताहरू आक्रोशित भएका छन् । उता, नागरिक सरकार छोडेर एकाएक पार्टी प्रवेश गरी टिकट हत्याएपछि खरेलको देशभरमा कडा आलोचना भएको छ । सामाजिक सञ्जालमा खरेलविरुद्ध आक्रोशको लहर नै पैदा भएको छ ।
ललितपुर–२ बाट रास्वपा ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन उम्मेदवार बन्न खोज्नुभएको थियो तर, उहाँलाई झुक्याउँदै खरेलले रास्वपाको नेतृत्वको आशीर्वाद लिन सफल हुनुभएको थियो । खरेललाई उम्मेदवार बनाएपछि ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद भएको छ ।
खरेललाई ललितपुर–२ मा उम्मेदवार बनाउन नहुने भन्दै निर्वाचन क्षेत्रका रास्वपा नेता र कार्यकर्ता असन्तुष्ट बनेका हुन् । उनीहरूले आफूहरू खरेलको प्रचार प्रसारमा लाग्न नसक्ने बताएका छन् । रास्वपा ललितपुर जिल्ला सभापति महर्जनलगायतका नेताहरूको तीव्र असन्तुष्टि देखिएको हो ।
महर्जनले २०७९ सालको चुनावमा सोही क्षेत्रमा रास्वपाबाटै प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले त्यतिबेलाको चुनामा ८ हजार ६६६ मत ल्याउनुभएको थियो ।
यो निर्वाचन क्षेत्रबाट एमालेका प्रेमबहादुर महर्जन १५ हजार २५ मत ल्याएर निर्वाचित हुनुभएको थियो । रास्वपाका महर्जन तेस्रो हुनुभएको थियो । अहिले पार्टीले आफूलाई टिकट नदिएर अपमान गरेको अनूभूति भएको उहाँले निकटस्थहरूसँग बताउनुभएको छ । खरेल मंगलवारमात्रै रास्वपा प्रवेश गरेर सोही दिन नै साम दाम दण्ड भेदको नीति अपनाउँदै स्थानीयहरूलाई उछिन्दै ललितपुर क्षेत्र नं २ वाट टिकट आफ्नो पक्षमा पार्न सफल हुनुभएको थियो । विश्लेषकहरूले नागरिक सरकारको मन्त्री एकाएक कुनै दलमा प्रवेश गरी निर्वाचनमा उठ्नुलाई राजनीतिक अपराधको संज्ञा दिएका छन् ।











प्रतिक्रिया