काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री महाबीर पुनले तीनदिनअघि राजिनामा दिएको खुलेको छ । प्रधानमन्त्री शुसिला कार्कीलाई समेत राजिनामा दिएको विषय गोप्य राख्न आग्रह गर्नुभएका मन्त्री पुनले राजिनामा दिएको विषय हिजो मंगलबारमात्र सार्बजनिक भएको थियो । मन्त्रीले राजिनामा दिएको सुनेपछि कर्मचारी अचम्मित भएका थिए ।
शुक्रबार राति प्रधानमन्त्री कार्की समक्ष राजिनामा दिएको विषय शिक्षा सचिव चुडामणी पौडेललाई मात्र जानकारी थियो । उच्चस्रोतका अनुसार मन्त्री पुनले राजिनामा दिने विषयमा शिक्षा सचिव पौडेललाई भन्नुभएको थियो–हल्ला नगर्नु है , मैले राजिनामा दिएको विषय गोप्य राख्नु ल । राजिनामा दिएपछि आइतबार मन्त्री पुन र सचिवबीच एक्लाएक्लै भेट भएर बिदाई गरेका थिए ।
नागरिकको तर्फबाट मन्त्री पद सम्हालेका पुनले पदबहाली गर्दा कहिल्यैपनि राजनीतिमा नलाग्ने बताउनुभएको थियो । आगन्तुकलाई समेत राजनीतिमा लाग्नु हुन्न भनेर सबक सिकाउन खप्पिस मन्त्री पुन आफै म्याग्दीबाट स्वतन्त्रमा मनोनयन गर्नुभएको थियो । उहाँसंगै म्याग्दीमा निवर्तमान मन्त्री पुनले स्वतन्त्र उम्मेद्दवारी दिनुभएको थियो । जिल्लामा राप्रपाका डम्बरबहादुर सुबेदी,नेपाली कागं्रेसका कर्णबहादुर भण्डारी,नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले मनोनयन गर्नुभएको थियो । मन्त्री पुनले आफु स्वतन्त्ररुपमा उम्मेद्दवारी दिएको बताउनुभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक समर्थन रहेको बुझिएको छ ।
चारमहिनाअघि कार्यभार सम्हाल्नुभएका मन्त्री पुनले खासै भन्न र देखाउन लायक खासै काम गर्न सक्नुभएन । इतिहासमा मन्त्रालयभित्र बासबस्ने मन्त्रीको पगरी गुथ्नुभएका पुनले मन्त्रालयको प्रवक्ता,सुचना अधिकारी र आधिकारीक भनाईलाई कहिलेपनि प्राथमिकता दिनुभएन । जे निर्णय ग¥यो फेसबुकको वालमा लेखेर सार्बजनिक गर्नुहुन्थ्यो ।
पछिल्लो समय शिक्षा नियमावलीको दशौ संसोधन गर्ने अन्तिम तयारीमा रहनुभएका मन्त्री पुनले सो काम पनि गर्न सक्नुभएन । उहाले प्रधानमन्त्रीले नियमावली संसोधन गर्न सहयोग नगरेको आरोप थोपार्न भ्याउनुभयो । केही विज्ञको टोलीले तयार गरेको नियमावली स्वीकृत गर्न अन्तिम समयसम्म लाग्नुभएको थियो, तर प्रकृया नपुगेपछि मन्त्रीपरिषदबाट स्वीकृत हुन सकेन–स्रोतले भन्यो । त्यही भएर प्रधानमन्त्री र मन्त्रीबीचको सम्बन्धमा फाटो आउन खोजेको थियो ।
उच्चशिक्षा ऐनको विधेयकको ड्राफ्ट तयार गरी अध्यादेशमार्फत ल्याउने तयारी गर्नुभएको थियो । त्योपनि सम्भव भएन । सरकारी विद्यालयमा अनिवायृ रुपमा कम्प्युटर शिक्षक राख्ने तयारी गर्नुभएको थियो, अर्थमन्त्रालयले स्वीकृत दिएन । आफुले गर्न खोजेको कुनैपनि काम हुन नसकेपछि दिक्क हुनुभएका मन्त्री पुनले अन्ततः उम्मेदवार बन्न राजिनामा दिनुभयो ।
मन्त्रालयमै डेरा जमाएर बसेपछि सल्लाहकार कमिटी गठन र एकाध कामबाहेक ठोस उपलब्धि हासिल भएको देखिँदैन । उहाले सयदिनको उपलब्धीपनि सार्बजनिक गर्नुभएन । सायद उल्लेख गर्न योग्ष् काम नगरेकै कारण सयदिनको उपलब्धी सार्बजनिक गर्न नखोज्नुभएको हुनसक्छ । अरुमन्त्रीले आफ्ना उपलब्धी सार्बजनिक गरी बिदाई भएका थिए । भने मन्त्री पुनले सुटुक्क कसैलाई थाहै नदिइ मन्त्रीपद छाड्नुभएको छ ।
‘मन्त्रीले गौरव गर्नलायक ठानिएको काम त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन वेबसाइटमा राख्नेकाममात्र भएको छ‘–मन्त्रालय स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।
वेबसाइटमा त राखियो , तर जग्गा अतिक्रमण गर्ने कसलाई के कारबाही भयो ? भन्ने विषयमा मन्त्रालय र मन्त्री मौन छन् । स्रोतका अनुसार व्यक्तिले हडपेको जग्गा फिर्ता ल्याउन आदेश दिने सरकारले सरकारी निकायले अतिक्रमण गरेको जग्गा फिर्ता गर्ने विषयमा मन्त्रालय मौन छ । उहाको यो बाहेक उल्लेख गर्न लायक केही काम देखिएन । नैतिकताको पाठ सिकाउने र राजनीति नगर्ने बताउने चार मन्त्री निर्दलीय सरकारबाट राजिनामा दिएर चुनावमा भिडेका छन् ।
मन्त्री पदरहेकै बेला शहरी विकासमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, सुचना तथा संचारप्रबिधिमन्त्री जगदिश खरेल र र शिक्षामन्त्री पुनले राजिनामा दिनुभएको थियो । उनीहरुले फेरी निर्वाचन जितेर मन्त्रीबन्न सपनामा लागेका छन् ।











प्रतिक्रिया