सोनाम ल्होछारले राष्ट्रिय एकता बलियो बनाओस् : डा. शेखर कोइराला


काठमाडौँ। 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले सोनाम ल्होछारले आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।