गगन थापासहितका पदाधिकारी निर्वाचन आयोगमा


काठमाडौँ।

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापासहितका पदाधिकारी बिहीबार निर्वाचन आयोग पुगेका छन्।

केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टी विवरण अद्यावधिक गराउन आयोग पुगेका उनीहरूले विशेष महाधिवेशनका निर्णय र सम्बन्धित कागजात बुझाउने छन्।

बुधबार राति भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो।