चैतमा हामी तीन भाइ


मधुसूदन भट्टराई निर्देशित फिल्म हामी तीन भाइ आगामी चैत १३ गते रिलिजमा ल्याइने भएको छ।
निर्माण टिमले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै चैत १३ गतेका लागि रिलिज डेट तोकेको हो। सार्वजनिक पोस्टरमा तीन कलाकार विनोद न्यौपाने, फलित राई र कुशल विष्टलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। तीनै जना एकअर्काबीच आकाशतर्फ हेरेर खुसी मुडमा देखिन्छन्। छेवैमा एउटा भाले उडिरहेको देखिन्छ।

निर्देशक मधुसूदन भट्टराईकै कथा रहेको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाह्न्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्दप्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जनलगायतले मुख्य भूमिकामा अभिनय गरेका छन्।

प्रसिद्धि सिने आर्टस् प्रालिको ब्यानरमा साजित महतद्वारा प्रस्तुत तथा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठद्वारा निर्मित फिल्ममा पटकथा र संवाद शिवम् अधिकारी, संगीत साप शक्ति र बाबुल गिरी, नृत्य कमल राई र इन्द्र देव महर्जन, पाश्र्व संगीत सम्राट थापा, कला निर्देशन दिनेश लामा ‘गैंडा’, द्वन्द्ध निर्देशन देव महर्जन, छाया“कन शिव ढकाल, ध्वनि मिश्रण मुकेश शाह, रंग संयोजक रेनिश फागो, ग्राफिक्स समिर मिया र सम्पादन बनिश शाहको रहेको छ। फिल्ममा विक्रम तामाङ कार्यकारी निर्माता र भक्तलाल श्रेष्ठ सह–निर्माता रहेका छन्।