काठमाडौँ ।
नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठन, बालमन्दिरका १०७ जना बालबालिकालाई न्यानो कपडा, चप्पल, ब्ल्याङ्केट, म्याट्रेस, वाटर प्यूरिफायरलगायत अत्यावश्यक सामग्री प्रदान गरेको छ । उक्त कार्यक्रम पौष २२, २०८२ मंगलबार काठमाडौंमा सम्पन्न भएको हो ।
यस किसिमको पहलबाट बालबालिकाको तत्काल आवश्यकता पूरा हुनुका साथै उनीहरूको समग्र विकासमा सहयोग पु¥याउने लक्ष्य बैंकले लिएको जनाएको छ । कार्यक्रमका अवसरमा नेपाल एसबिआई बैंकका अध्यक्ष वेंकट बंसीधर कुंचाले नेपाल बाल संगठनका अध्यक्ष विद्या उपाध्याय न्यौंपानेलाई औपचारिक रूपमा सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, सञ्चालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत प्रबिण मुनिबज्राचार्यलगायत बैंक तथा संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।
नेपाल एसबिआई बैंकले समुदायस्तरमा यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधिहरू समय–समयमा गर्दै आइरहेको छ । बैंकले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
हाल बैंकका देशभर १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।











प्रतिक्रिया