गैरीगाउँको टहरोमा लागेको आगो ९० प्रतिशत नियन्त्रणमा


काठमाडौँ ।

काठमाडौँको गैरीगाउँस्थित टहरोमा मंगलबार दिउँसो लागेको भीषण आगलागी ९० प्रतिशत नियन्त्रणमा आएको छ।

आगलागी भएपछि दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास गरिएको थियो।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।