काठमाडौं ।
जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका–२६ संचयकोष चोक नजिकको सडक खण्डमा शङ्कास्पद अवस्थामा ट्याक्सीमार्फत दुई जना बालिकालाई लैजान लागिएको अवस्थामा प्रहरीले उद्धार गरेको छ । बा.२ ज २३२७ नम्बरको ट्याक्सीमा पछाडिको सिटमा दुई जना बालिकालाई राखी लैजान लागिएको देखिएपछि प्रहरीले जाँच गर्दा उनीहरूको उद्धार गरिएको हो ।
ट्याक्सीमा सवार राजन तामाङ र लक्ष्मण तामाङले विभिन्न मितिमा विभिन्न व्यक्तिहरूसँग महिलाहरूको फोटो आदान–प्रदान गर्ने तथा रकमको विषयमा सौदाबाजी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार उनीहरूले महिला तथा बालबालिकालाई ललाई–फकाई यौनजन्य क्रियाकलापमा संलग्न गराउने गरेको देखिएपछि दुवै जनालाई पक्राउ गरिएको हो । उनीहरूमाथि अभद्र व्यवहार कसूर तथा मानव बेचबिखन तथा ओसारपसार कसूर अन्तर्गत अनुसन्धान भइरहेको छ ।











प्रतिक्रिया