अनरले सिटी सेन्टरमा पहिलो अनुभव सोरूम सञ्चालनमा ल्यायो


काठमाडौँ
नवप्रवर्तन र अत्याधुनिक प्रविधिका लागि विश्वभर परिचित स्मार्ट डिभाइस ब्रान्ड अनरले काठमाडौंको सिटी सेन्टरमा आफ्नो पहिलो विशेष अनर अनुभव शोरूम सञ्चालनमा ल्याएको छ । उक्त शोरूमको सौम्य उद्घाटन २९ डिसेम्बर २०२५ मा सिटी सेन्टरको दोस्रो तलामा सम्पन्न भएको हो ।

यो शोरूम उद्घाटन अनरको नेपालमा बढ्दो उपस्थितिको महत्वपूर्ण उपलब्धि मानिएको छ । शोरूममार्फत ग्राहकले अनरका नवीनतम स्मार्टफोन, सहायक उपकरण तथा अन्य स्मार्ट डिभाइस प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन् । साथै, विशेष स्टोर अफरको लाभ पनि लिन सक्नेछन् ।

आधुनिक तथा अन्तरक्रियात्मक डिजाइनमा तयार गरिएको यस शोरूममा आगन्तुकले अनरका उत्पादन नजिकबाट अवलोकन गर्न, तिनका प्रमुख विशेषता बुझ्न र तालिमप्राप्त विज्ञबाट व्यक्तिगत परामर्श प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

सौम्य उद्घाटन कार्यक्रममा अनर नेपाल टिमका सदस्य, व्यावसायिक साझेदार तथा शुभेच्छुकको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीले नेपालमा अनरको नयाँ अध्यायको सुरुवातलाई उत्साहका साथ मनाएका थिए । यो अनुभव क्षेत्र अनरको नवप्रवर्तन, गुणस्तर तथा भरपर्दो बिक्रीपछिको सेवाप्रतिको प्रतिबद्धताको स्पष्ट उदाहरण रहेको कम्पनीले जनाएको छ ।

अवसरमा अनर नेपाल टिमले काठमाडौंमा विशेष ब्रान्ड स्पेस ल्याउन पाउँदा खुशी व्यक्त गर्दै भने,
“सिटी सेन्टरस्थित अनर शोरूम प्रविधि प्रेमीहरूका लागि प्रिमियम तर सहज पहुँचयोग्य स्मार्ट डिभाइसहरूको केन्द्र बन्नेछ ।”

अनरले आफ्ना ग्राहक तथा प्रशंसकहरूलाई नयाँ शोरूम भ्रमण गर्न र ब्रान्डका नवीन उत्पादनको प्रत्यक्ष अनुभव लिन आमन्त्रण गरेको छ । कम्पनीका अनुसार, छिट्टै नै भव्य उद्घाटन समारोह तथा ग्राहक–केन्द्रित विभिन्न गतिविधिको घोषणा गरिनेछ ।