टिकटकमा सबैभन्दा धेरै के खोजिन्छ ?


काठमाडौँ
टिकटकले २०८२ भरी नेपालबाट सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची सार्वजनिक गरेको छ । यसले नेपाली प्रयोगकर्ताहरू यस वर्ष चाडपर्व, म्युजिक ट्रेन्ड, घुम्न जाने गन्तव्य, मनपर्ने कार्यक्रम र दैनिक निर्णयका लागि उपयोगी जानकारी खोज्नमा कति सक्रिय भए भन्ने झल्को दिएको छ ।

टिकटक सर्च वास्तविक जीवनको लागि उपयोगी माध्यम बन्दै गएको देखिन्छ, जहाँ दशैं–तिहार, तीजका लागि आवश्यक सामग्रीदेखि लिएर खाना पकाउने रेसिपीसम्म खोजिएको पाइन्छ । प्रयोगकर्ताहरू छिटो जानकारी लिन, समाचार अपडेट हेर्न, स्थानीय शैलीको प्रेरणा लिन र नेपालको सन्दर्भ बुझ्न क्रिएटरमार्फत सिफारिसहरू पाउन टिकटक प्रयोग गरिरहेका छन् ।

टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदका अनुसार, “मानिसहरू केवल भिडियो हेर्दैनन्, उनीहरू वास्तविक समयमा जानकारी, सिफारिस र सन्दर्भ खोजिरहेका छन् । चाहे खेलकुदका पछिल्ला गतिविधि होस्, विकेन्ड ट्रिपको योजना होस्, नयाँ कुरा सिक्न वा किनमेल अघि रिभ्यु हेर्न, नेपालीहरू दैनिक निर्णयका लागि टिकटकलाई आधार बनाइरहेका छन् ।”

२०८२ को टप सर्चहरूले नेपालीहरूको चासो संस्कृति, समुदाय र दैनिक जीवनसँग कसरी जोडिएको छ भन्ने देखाउँछ । यात्राका गन्तव्यमा बढ्दो चासोले टिकटकलाई घुमफिरको योजना र नयाँ अनुभव खोज्ने माध्यम बनाएको छ । साथै, लोकप्रिय सेलिब्रिटी, ड्रामा, गीत र भाइरल क्षणमा नेपालीको रुचि पनि स्पष्ट देखिएको छ ।

यस वर्ष नेपालमा टिकटकमा सबैभन्दा धेरै खोजिएका शब्दमा शोबिज सेलिब्रिटी—प्रियंका कार्की, राजेश हमाल, स्वस्तिमा खड्का, रेखा थापा र मदन कृष्ण श्रेष्ठ समावेश छन् । क्रिएटरमा सिम्पल खरेल, आश्मा विश्वकर्मा, रचना रिमाल, अनमोल केसी र आना शर्माको प्रमुखता देखिन्छ। खेलाडीहरूमा साम्बा, बिमल घर्ती मगर, दिपेन्द्र सिंह ऐरी, एम्बाप्पे र मेस्सी चर्चामा रहेका छन् ।

स्थानका रूपमा मुस्तांग, मनांग, नर्थअन्नपूर्ण बेस क्याम्प, पशुपतिनाथ मन्दिर र भीमसेनस्थान मन्दिर सबैभन्दा धेरै खोजिएका छन्। लोकप्रिय टिभी शो वा चलचित्रमा बिग बस, परान, जेरी अन टप, जारी २ र रोडिज सिजन ७, ट्रेन्डिङ क्षणमा तीज, कुकुर तिहार, मिस ग्राण्ड नेपाल, रुटिन अफ नेपाल बन्द र एनपीएल सिजन २ मुख्य छन्।

गीत÷साउन्डट्र्याकमा ठुमक ठुमक जानीए माहिए दे नाल, आइसक्रिम खाउंगी काश्मिर जाउंगी, माया गर्नु ल (जोन चाम्लिंग), वाक्क लाग्दो संसार र सारी लायर आएँ भने सर्वाधिक खोजिएका छन्। खाना÷रेसिपीमा हत्क्युला फ्रुट, स्टिम चिकेन रेसिपी, सेलरोटी रेसिपी, सिंगडा रेसिपी र पक्कु रेसिपी उल्लेखनीय छन् ।

टिकटक छोटो मोबाइल भिडियोका लागि अग्रणी प्लेटफर्म हो, जसले सिर्जनशीलता प्रेरित गर्दै रमाइलो र अर्थपूर्ण जानकारी प्रदान गर्न निरन्तर प्रतिबद्ध छ ।

सबैभन्दा धेरै खोजिएका शोबिज सेलिब्रिटी

  • प्रियंका कार्की
  • राजेश हमाल
  • स्वस्तिमा खड्का
  • रेखा थापा
  • मदन कृष्ण श्रेष्ठ

सबैभन्दा धेरै खोजिएका टिकटक क्रिएटर

  • सिम्पल खरेल
  • आश्मा विश्वकर्मा
  • रचना रिमाल
  • अनमोल केसी
  • आना शर्मा

सबैभन्दा धेरै खोजिएका खेलाडी

  • साम्बा
  • बिमल घर्ती मगर
  • दिपेन्द्र सिंह ऐरी
  • एम्बाप्पे
  • मेस्सी

सबैभन्दा धेरै खोजिएका स्थान

  • मुस्तांग
  • मनांग
  • नर्थअन्नपूर्ण बेस क्याम्प
  • पशुपतिनाथ मन्दिर
  • भीमसेनस्थान मन्दिर

सबैभन्दा धेरै खोजिएका टिभी शो वा ड्रामा

  • बिग बस
  • परान (चलचित्र)
  • जेरी अन टप (चलचित्र)
  • जारी २ (चलचित्र)
  • रोडिज सिजन ७

सबैभन्दा धेरै खोजिएका ट्रेन्डिङ क्षणहरू

  • तीज
  • कुकुर तिहार
  • मिस ग्राण्ड नेपाल
  • रुटिन अफ नेपाल बन्द
  • एनपीएल सिजन २

सबैभन्दा धेरै खोजिएका गीत / साउन्डट्र्याक

  • ठुमक ठुमक जानीए माहिए दे नाल
  • आइसक्रिम खाउंगी काश्मिर जाउंगी
  • माया गर्नु ल (जोन चाम्लिंग)
  • वाक्क लाग्दो संसार
  • सारी लायर आएँ भने

सबैभन्दा धेरै खोजिएका खाना / रेसिपी

  • हत्क्युला फ्रुट
  • स्टिम चिकेन रेसिपी
  • सेलरोटी रेसिपी
  • सिंगडा रेसिपी
  • पक्कु रेसिपी