स्याङ्जा ।
वालिङ नगरपालिका–१३ भट्टेचौरमा तेस्रो वडा स्तरीय पुरुष सुपर सिक्स क्रिकेट प्रतियोगिता–२०८२ सुरु भएको छ ।
“गाउँको विकास युवाको काँधमा”भन्ने मूल नारासहित युथ क्लब अफ पाठखोलाको आयोजनामा प्रतियोगिता सुरु गरिएको हो । २०७० सालमा स्थापना भएको क्लबले युवालाई खेलकुदमार्फत एकताबद्ध गर्दै सामाजिक विकासमा योगदान पु¥याउने उद्देश्य लिएको जनाएको छ ।
पुस १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्याङ्जा, पाल्पा र रुपन्देहीका २५ टिम सहभागी छन् । आयोजकको अनुसार पहिलो हुने टोलीले नगद ३० हजार र दोस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।











प्रतिक्रिया