काठमाडौं ।
बुढानिलकण्ठ भलिबल क्लब र कोशी प्रदेश भलिबल संघ नवौं एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वार्टरफाइनलमा पुगेका छन् ।
बुधबार समूह ‘सी’ को खेलमा बुढानिलकण्ठले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा हराएको हो । सेमिफाइनलमा प्रवेशका लागि बुढानिलकण्ठले समूह ‘ए’ को विजेता हेल्प नेपाल स्पोर्टस क्लबको सामना गर्नेछ ।
यस्तै कोशीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० ले पराजित गरेको थियो । ।
समूह ‘डी’ को उपविजेता बनेको कोशीले अन्तिम आठको खेलमा समूह ‘बी’ को विजेता नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम आठका अन्य दुई खेलमा रुकुम पश्चिम ट्रेनिङ सेन्टरले एपीएफसँग र आर्मीले खिल्जी युवा क्लबसँग खेल्नेछन् । सबै क्वार्टरफाइनल खेलहरू बिहीवार हुनेछन् ।











प्रतिक्रिया