परिवर्तनको पाकेको चिउरी


आगामी माघ ९ गते रिलिजमा आउने फिल्म परिवर्तनमा समावेश गीत पाकेको चिउरीको भिडियो सार्वजनिक गरिएको छ।
ओएसएआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली छमछमी नाचेका छन्। दुवैको केमेस्ट्री सुहाएको छ।

लोकलयमा आधारित गीतको भिडियोमा प्रेमकथा बुनिएको छ। गीतको भिडियोमा उनीहरुलाई नृत्य निर्देशक रामजी लामिछानेले नचाएका छन् भने शिव ढकालले छाया“कन गरेका छन्। एसडी योगी र रेश्मा पुनको स्वर रहेको गीतमा संगीत गायक योगीकै रहेको छ। गीतमा शब्द रचना भने मौसम अर्यालको रहेको छ। निर्देशक विजय केरुङले फिल्मको गीतलाई दर्शकले मन पराउने बताए। ‘फिल्मको कथाअनुसारकै गीत रोजेका छौ“। गाउ“घरको टिपिटकल शब्दलाईलाई गीतमा बुनिएकाले दर्शकलाई छुन्छ’ उनले भने।

दिब्यासी फिल्म्स्को ब्यानरमा निर्मित फिल्ममा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराईलीका अलवा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायतका कलाकारले प्रमूख भूमिकामा अभिनय गरेका छन्। एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको फिल्ममा दीपक सिवाकोटीको कथा र निर्माण रहेको छ भने पटकथा र संवाद शिवम् अधिकारी, कोरियोग्राफी रामजी लामिछानेक, संगीत एसडी योगी, द्धन्द्ध निर्देशन श्री श्रेष्ठ र सम्पादन बन्दे प्रसादको रहेको छ।