ललितपुर ।
वरिष्ठ धातु मूर्तिकार राजेश अवालेको जीवनी समेटिएको ‘अक्षरमा सात दशक कुम्हालेको चक्रः माटो र जीवन’ नामक आत्मवृत्तान्त बजारमा आएको छ ।
नानीहेरा शाक्यद्वारा लिखित सो पुस्तकको ललितपुरमा आयोजित एक समारोहकाबीच नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यलगायतले सो पुस्तकको लोकार्पण गर्नुभयो ।
पुस्तकमा अवालेको बाल्यकाल युवावस्था, मूर्तिकला क्षेत्रमा स्थापित हुनका लागि गरिएका संघर्षका गाथाहरूलगायत विविध विषयलाई समेटिएको छ । ललितपुरको परम्परागत नेवाः समाजमा जन्मिएका अवालेले आफू जन्मिएको परिवेश, हुर्किएको समाजबाट क्रमशः मूर्तिकारका रुपमा बदलिएको भन्ने विषयलाई सजीव तरिकाले पुस्तकमा उल्लेख गरिएको छ ।











प्रतिक्रिया