नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशनले आईपीओ निष्कासन गर्ने


काठमाडौँ
नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले अस्पताल विस्तारका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निष्कासन कार्यका लागि शेयर निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धि नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो ।

जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको यस नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले आफ्नो जारी पूँजीको करिब २८.५७ प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्कासन गर्ने भएको छ भने संस्थापक समूह अन्तर्गत करिब ७१.४३ प्रतिशत शेयर कायम रहने कम्पनीले जनाएको छ ।

फ्रन्टलाइन ब्राण्डको नामबाट काठमाण्डौंको पुरानो बानेश्वरमा संचालित यस अस्पतालको हालको क्षमता १ सय शैया रहेको छ भने यो अस्पतालले विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । थप सेवा विस्तारको लागि, निर्माणको चरणमा रहेको थप २ सय शैया क्षमताको जनरल रक्यान्सर रोगलाई मध्यनजर गरि बनाइने अस्पतालका लागि थप पूँजीको आवश्यकता पर्ने भएकोले कम्पनीले सार्वजनिकनिष्काशनमाजानलागेको कम्पनीकाअध्यक्षश्री नवराज पाण्डेज्यूले जानकारी गराउनुभयो ।

अस्पतालले हाल स्नातक तहका विद्यार्थीलाई लक्षित गरी नसिंङ तथा फार्मेसीलगाएतका शैक्षिक गतिविधी पनि संचालन गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

चिकित्सा सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडको स्थापनावि.सं. २०६२÷०९÷१९मा भएको थियो र हाल यसको वार्षिक कारोवार ५० करोड भन्दामाथि रहेको जानकारी कम्पनीले दिएको छ । हाल संस्थामा २ ननाभन्दा बढी कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ ।

आज भएको सो सम्झौतामा नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष नवराज पाण्डे तथा नबिलइन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गर्नुभएको थियो ।