श्रवण दृष्टिविहीन बालबालिका अझै शिक्षाको पहुँच बाहिर, सरकारी नीति कार्यान्वयनमा चुनौती


काठमाडौँ। 

नेपालको संविधान र राष्ट्रिय शिक्षा नीतिले सबै नागरिकका लागि समावेशी शिक्षाको ग्यारेन्टी गरे पनि नेपालका श्रवण दृष्टिविहीन (बहिरा–दृष्टिविहीन) बालबालिकाहरू अझै पनि गुणस्तरीय शिक्षाको पहुँचबाट टाढा रहेका छन् । राष्ट्रिय बहिरा महासंघ नेपाल र बहिरा दृष्टिविहीन अभिभावक समाज नेपालले संयुक्त रूपमा आयोजित कार्यक्रममा यो गम्भीर अवस्थाप्रति सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा बहिरा श्रवण दृष्टिविहीन अभिभावक समाज नेपालका अध्यक्ष लाक्पा नुरु शेर्पाले अपांगता सम्बन्धी महासन्धि २००६ लाई नेपालले २००९ मा अनुमोदन गर्‍यो । यसलाई अपांगता सम्बन्धी अधिकारका नीतिलाई महासंन्धी अनुसार बनाउँदै जानुपर्नेमा जोड दिए । 

उनले सरकारले ‘राष्ट्रिय शिक्षा नीति २०७६’ जारी गर्दै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्ने स्पष्ट व्यवस्था गरेको छ । त्यसैगरी, नेपालको संविधान २०७२ को धारा ३१ ले शिक्षालाई प्रत्येक व्यक्तिको मौलिक हकको रूपमा स्वीकार गरेको छ। नेपालले अनुमोदन गरेको संयुक्त राष्ट्रसंघीय अपाङ्गता अधिकार महासन्धिको धारा २४ ले पनि भेदभाव रहित शिक्षाको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । तर विद्यालयमा पढाएको कुरा नसुन्ने समस्या भएपछि क्षमतामा हस आउँदै जान्छ । आँखाको समस्या भएका व्यक्तिमा कान नसुन्ने समस्या पनि हुन सक्ने सम्भावना हुन्छ । कान र आँखा इन्द्रिय सम्बन्धी अपांगतामा पर्छ तर बहुअपांगता होईन भने । 

विश्वको शून्य  दशमल्भ २ प्रतिशत जनसंख्या श्रवण दृष्टिविहीन हुन सक्छन् । नेपालको पछिल्लो जनगणना अनुसार १० हजार १ सय ८७ जना श्रवणदृष्टि विहीन व्यक्तिहरु सूचीकृत भएपनि अझै धेरै व्यक्तिहरु पहिचान  र सेवाबाट बाहिर रहेको अवस्था छ । विशेषगरि बालबालिकाको पहिचानमा चुनौती रहेको  छ । यो समस्या राष्ट्रिय परिचय पत्र बनाउने देखि अपांगता दर्तामा फरक पहिचान दिनुले तथ्यांकमा उल्लेख गरिएको भन्दा कम हुँदै गएको अवस्था छ । बहिरा अपांगता पनि श्रवण दृष्टिविहीनमा पर्छन् भने । 

श्रवण दृष्टिविहीन बालबालिकाको विशिष्ट सञ्चार र सिकाइ आवश्यकतालाई सम्बोधन गर्ने संरचना, सेवा र दक्ष जनशक्तिको अभावका कारण यी प्रावधानहरू व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको सरोकारवालाले जनाएका छन् । कति जन्मजात र कति दुर्घटना, जन्मपछि, बिरामी भएर, बंशाणुगत पनि श्रवण दृष्टिविहीन हुन सक्छन् । 

विश्व स्वास्थ्य संगठन र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरू (डब्लुएफडिबी, २०२२) को अनुमान अनुसार विश्व जनसङ्ख्याको करिब ०.२ प्रतिशत देखि २ प्रतिशतसम्म व्यक्तिहरू श्रवण दृष्टिविहीन हुन सक्छन् । नेपालको पछिल्लो जनगणना अनुसार १० हजार १८७ जना श्रवण दृष्टिविहीन व्यक्तिहरू सूचीकृत भएका छन् । तर, अझै पनि धेरै व्यक्तिहरू, विशेषगरी दुर्गम क्षेत्रका बालबालिकाहरू, पहिचान र सेवाबाट बाहिर रहेको अवस्था छ ।

श्रवणदृष्टिविहीनता केवल सुनाइ र दृष्टि गुम्नुको साधारण जोड मात्र नभई, दुवै इन्द्रियगत अपाङ्गताहरूको संयुक्त अन्तरक्रियाबाट उत्पन्न हुने एक विशिष्ट अवस्था हो । यस्ता व्यक्तिहरूका लागि स्पर्शमा आधारित सञ्चार विधि, दोभासे वा मार्गदर्शक (इन्टरपेटर गाईड ) सेवा र व्यक्तिगत आवश्यकतामा आधारित शैक्षिक रणनीतिहरू अनिवार्य हुन्छन् ।

हाल काठमाडौँ, कास्की, रूपन्देही, मोरङ र चितवन जिल्लामा मात्र स्रोत कक्षा तथा विद्यालय र घरमा आधारित शिक्षामार्फत ३ सय भन्दा बढी बालबालिकाले सेवा लिइरहेका छन् । तर, दक्ष जनशक्तिको अभाव, अभिभावकमा सचेतनाको कमी, र उच्च विद्यालय छोड्ने दर जस्ता समस्याले गर्दा अन्य जिल्लाहरूमा सेवा विस्तार हुन सकेको छैन ।

आयोजक संस्थाहरूले श्रवण दृष्टिविहीन बालबालिकाको अधिकारका लागि सञ्चार माध्यमहरूको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । उनीहरूले खोज पत्रकारिता र जनचेतना अभिवृद्धि मार्फत सरकारमाथि सकारात्मक दबाब सिर्जना गर्न आग्रह गरेका छन् । यसका साथै स्थानिय सरकारसँग अपांगताको पहिचान खोलेको प्रमाणपत्र लिएको हुन्छ । पछि परिवर्तन गर्न ठूलो समस्या छ । आर्थिक, सामाजिक, पारिवारिक लगायतका समस्या अझ बढेर गएको छ । अभिभावकले पनि पहिचान गर्न गाह्रो अवस्था छ । शिक्षा प्राप्तीमा पनि त्यतिकै समस्या छ ।

 श्रवण दृष्टिविहीन व्यक्तिहरूको सम्मानजनक र आत्मनिर्भर जीवन सुनिश्चित गर्न नीति, कार्यक्रम र व्यवहारमा ठोस परिवर्तन ल्याउन सबै सरोकारवाला पक्षहरूसँग अपिल गरिएको छ । शिक्षा मात्र नभै शिक्षितले बाहिरको रोजगारी गुमाउने र नयाँले रोजगारी नपाउने अवस्था बढ्दो छ । स्पर्श संकेतका माध्यमबाट, ह्याप्टीक सांकेतिक भाषा पनि प्रयोगमा आएको छ । नजिकबाट वा ठूलो अक्षरमा लेखेर दिँदा केही व्यक्तिले पढ्न सक्नुहुन्छ । हत्केलामा लेखेर पनि संचार गर्न सक्छौं । दृष्टि विहिनले लेखेर बुझ्नुहुन्न श्रवणदृष्टि विहिनले हत्केलामा लेख्दा बुझ्ने जानकारी गराईयो । काठमाडौ, कास्की, मोरङ, चितवन, रुपन्देहीमा स्रोत कक्षा संचालन गरिएको अध्यक्ष शेर्पाले जानकारी गराए ।  

ग्लोबल रिसोर्स हबका विश्वामित्र भित्राकोटीेले वेव साइडमा नेपाली, हिन्दी, अफ्रिकन भाषामामा तयार पारेको जानकारी गराए ।