सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो


काठमाडौँ।

सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल सकिएको छ।

फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि दलहरुले समानुपातिकतर्फ उम्मेदवारको सूची आज निर्वाचन आयोगमा बुझाएसँगै उनीहरुको कार्यकाल सकिएको हो।

निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउने समय आज र भोलि तय गरेको छ।

संधिवानमा निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्रै सभामुख र उपसभामुख पदमा बहाल रहने उल्लेख छ।

त्यस अनुसार उनीहरुका लागि हिजोसम्म मात्रै उनीहरू पदमा कायम थिए।