सावित्राको वेलिंगटनको लागि दुई गोल


काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले वेलिंगटन फिनिक्सको जितमा २ गोल गरेकी छन् । अस्टे«लियाको महिला ए लिगअन्तर्गत् खेलमा वेलिंगटन फोनिक्सले सिड्नी एफसीलाई ७–० ले हराएको हो । जसमा, सावित्राको दुई गोलको योगदान रह्यो ।

१–० ले अघि रहेको वेलिंगटनका लागि सावित्राले खेलको १३औं मिनेटमा आफ्नो पहिलो गोल गरिन् । अष्ट्रेलियन लिगमा उनको यो पहिलो गोल थियो । ३५औं मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा ५४औं मिनेटमा जेलीले अर्को गोल गरिन् । ६९औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरिन् । ८०औँ मिनेटमा आत्मघाती गोलमा वेलिगंटनले ६–० को अग्रता बनायो । अन्तिम मिनेटमा वेलिगंटनले अर्को गोल थप्यो र फराकिलो जित दर्ता गरायो ।

११ टोली सम्मिलित लिगमा वेलिंगटन ६ खेलमा ८ अंकसहित सातौं स्थानमा छ । १ खेल बढी खेलेको सिड्नी ९ अंकसहित छैटौं स्थानमा छ । मेलवर्न भिक्ट्री ८ खेलमा १५ अंकसहित शीर्ष स्थानमा छ ।