इस्लिङ्टन कलेजको दीक्षान्त समारोहमा दुई विद्यार्थीलाई १.५ करोडभन्दा बढीको अन्तर्राष्ट्रिय छात्रवृत्ति


काठमाडौँ ।

इस्लिङ्टन कलेजले ललितपुरस्थित द प्लाजामा दुईदिने दीक्षान्त समारोह सम्पन्न गर्दै स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई दीक्षित गरेको छ। समारोहमा विभिन्न शैक्षिक कार्यक्रमका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

दीक्षान्त समारोहका अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा प्रतिष्ठित छात्रवृत्ति प्रदान गरिएको छ। इन्टरनेशनल स्टुडेन्ट हाउस तथा लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति अनुष नेपाल र अंगना भट्टराईलाई प्रदान गरिएको छ, जसको कुल मूल्य १.५ करोड रुपैयाँभन्दा बढी रहेको छ। उक्त छात्रवृत्तिले ट्युशन शुल्क, आवास तथा हवाई भाडा समेट्ने गर्दछ।

त्यसैगरी, इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति अम्स घिमिरे र आयेशा नकर्मीलाई प्रदान गरिएको छ। कार्यक्रममा विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।

२५ वर्षभन्दा बढी समयदेखि सूचना प्रविधि र व्यवस्थापन शिक्षामा सक्रिय इस्लिङ्टन कलेज गुणस्तरीय शिक्षा र अन्तर्राष्ट्रिय अवसरमार्फत दक्ष जनशक्ति उत्पादनमा प्रतिबद्ध रहँदै आएको जनाएको छ।