काठमाडौं।
तेमाल गाउँपालिका र नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुरको संयुक्त आयोजना तथा क्योर ब्लयाण्डनेस प्रोजेक्टको सहयोगमा मंसिर २४ र २५ गते मोतीबिन्दु तथा अन्य रोगका बिरामीहरूको लागि निःशुल्क शल्यक्रिया शिविर सम्पन्न गरिएको छ ।

सो शिविरमा ६३ जना मोतिबिन्दुका बिरामी र छ जना आँखामा मासु पलाएका बिरामीहरू गरी जम्मा ६९ जना विरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको छ ।
शल्यक्रिया पोखरी नारायण स्थान स्वास्थ्य चौकी तेमालमा गरिएको हो । नेपाल आँखा कार्यक्रम ख्वप तिलगंगा आँखा अस्पतालका प्रमुख डाक्टर सुदीप राज भण्डारीको नेतृत्वमा भएको हो ।

शल्यक्रिया गरिएका सम्पूर्ण ६९ जना बिरामीहरूलाई आवश्यक पर्ने औषधि, कालो चस्मा र आबस्यक सामग्रीसहित पुन एक सातामा पोखरी नारायणस्थानमा अवस्थित तिमाल ग्रामीण आँखा केन्द्रमा फलोअप आउनकोलागि जानकारी गराइएको छ । शल्यक्रिया शिविरमा ४४ वर्षदेखि ८८ वर्षसम्मका उमेर समूहले सेवा लिएका छन् ।












प्रतिक्रिया