काठमाडौं ।
नेपाल पौडी संघको आयोजनामा भएको १३ औं एनएसए कप च्याम्पियनसिपको पहिलो दिन तीन राष्ट्रिय किर्तिमान कायम भएको छ ।
१५ सय मिटर फ्रिस्टाइलमा जेम्सका कल्किन श्रेष्ठले १७ मिनेट ०५.६४ सेकेन्ड समयका साथ राष्ट्रिय कीर्तिमानमा आफ्नो नाम लेखाए । यसअघि नासिर याहा हुुसेनको नाममा कीर्तिमान थियो । उनले गत १३ औं सागमा १७ मिनेट ४९.९५ सेकेन्ड समयको किर्तिमान कायम गरेका थिए ।
यस्तै अर्को किर्तिमान २ सय मिटर फ्रिस्टाइलमा भएको थियो । उक्त दुरी १ मिनेट ५६.२७ सेकेन्ड समयमा पूरा गर्दै नेपाल पुलिस क्लबका इरभिन श्रेष्ठले नयाँ कीर्तिमान राखेका हुन् । यसअघि यो विधामा पनि नासिरकै कीर्तिमान थियो । जुन उनले १५ औं फिना वल्र्ड पौडी च्याम्पियनसिपमा १ मिनेट ५८.३० सेकेन्डको कीर्तिमान राखेका थिए ।
यसैगरी अर्को कीर्तिमान सौर्यनबहादुर सिंहले १ सय मिटर बटरफ्लाईमा राखे । सौर्यनले उक्त विधामा ५८.६४ सेकेन्ड समयको किर्तिमान राखेका हुन् । यसअघि अजलकाजी ताम्रकारले पहिलो नेपाल एक्वाटिक्स च्याम्पियनसिप २०२४ मा ५९.१७ समयको किर्तिमान राखेका थिए ।
जारी च्याम्पियनसिपमा ३१ स्वर्ण पदकका लागि १ सय ८३ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ७७ महिला र १ सय ६ पुरुष खेलाडीहरु रहेका छन् ।











प्रतिक्रिया