उदयपुर।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ११ बगरटोल घर भएका २३ं वर्षिय उज्जवल राईलाई मंगलबार अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षकालागि उदयपुर कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार गत भदौ १० गते त्रियुगा नगरपालिका वडा नं ११ पिजि चोकस्थित स्केटिङ पार्कबाट दुई जनालाई अपहरण तथा शरीर बन्धक बनाएर भागेका उज्वल श्रेष्ठलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत उदयपुरमा पेस गरेको थियो ।
उज्वलले त्रियुगा नपा वडा नं १२ शनिमन्दिर बस्ने वर्ष २० को सञ्जीव राई र त्रियुगा नपा वडा नं ११ शिवालय टोल बस्ने वर्ष १८ को प्रवीण श्रेष्ठलाई वडा न. ११ स्थित बरुवा खोलाको किनारामा लगेर विभिन्न प्रकारको धाक धम्की दिँदै अपहरण गरी शरीर बन्धक बनाई कुटपिट गर्दै यातना दिएर राखेका र आफू सुरक्षित हुन अन्यत्र भागेको थिए ।
उज्वललाई प्रहरीले खोजतलास गरेर यही मंसिर १४ गते पक्राउ गरी सम्मानित उदयपुर जिल्ला अदालतमा पेस गरे पश्चात मंगलबारको आदेशले निजलाई पुर्पक्षकालागि उदयपुर कारागारमा पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया