ललितपुरको इखाछेंमा सांस्कृतिक उत्सव– नेवा: परिकारदेखि जीवन्त हस्तकलासम्म


 ललितपुर।

योमरी पूर्णिमाको अवसरमा ललितपुर महानगरपालिका– ११ इखाछेंमा सांस्कृतिक उत्सव हुने भएको छ ।

इखाछें टोल सुधार समितिले कृत्यकला प्रा.लि व्यवस्थापनमा यही मंसिर १८ गते विहीबारदेखि २० गते शनिबारसम्म सो उत्सव गर्न लागेको हो ।

उत्सवमा हस्तकलाका जीवन्त प्रदर्शनी, नेवा: खाद्य परिकार र विभिन्न स्थानीय प्रतिभाहरुबाट सांगितिक प्रस्तुत हुने समितिका अध्यक्ष सानुराजा बज्राचार्य (श्याम) ले जानकारी दिनुभयो । यस क्रममा नेवा: सांस्कृतिक नृत्यका साथै वाद्यय शिरोमणी संगीत घराना, पासापि, यल रिदम, जेनिथ ब्याण्ड, इतिश्री युग अन्त्य, पर्पल भेल्भेट एनएस लाइभ गर्ने छ ।

त्यसैगरी सो टोलका प्रसिद्ध बौद्ध विहार गोपीचन्द्र महाविहार, नापीचन्द्र महाविहार, आनन्दबहाल, आलुको हिटी लगायतको विषयमा जानकारीमूलक सामग्रीहरु राखिने छ ।

 सांस्कृतिक सुन्दरता, नेवा: कला–संस्कृतिको जीवन्त भव्यता र स्थानीय समुदायको उत्साहलाई एकै ठाउँ जोड्दै यो उत्सव गर्न लागेका हौं । यसले युवापुस्तामा सांस्कृतिक संरक्षणको सन्देश प्रवाह गर्ने छ । यहाँको कलाकारको प्रतिभा पहिचान र प्रर्वद्धनमा टेवा पु¥याउने विश्वास गर्दछौं ।’ अध्यक्ष बज्राचार्यले भन्नुभयो।