गीतकार माधव न्यौपानेको गीतिकथा कठै म त सार्वजनिक गरिएको छ।
खुमन अधिकारीको संगीत र माधव न्यौपानेको शब्द रचना रहेको गीतिकथामा खुमन अधिकारी, देवी घर्ती मगर, शान्तिश्री परियार र सुनीता बुढा क्षत्रीको स्वर रहेको छ।
यसको भिडियोमा लक्ष्मी गिरी, गौरव पहाडी, सिरु विष्ट, विशाल पहाडी, मोहन खड्का, सरिता दानकुटी, स्वस्तिका लामिछाने, विपना घिमिरे, विनिराम न्यौपाने, दीपसागर, विराज सापकोटालगायतले जीवन्त अभिनय गरेका छन्।
गीतकार न्यौपानेकै कथा, निर्माण र निर्देशन, करण चैसर र काश गुरुङको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको गीतिकथा निर्मला हत्याकाण्डपछिको सिर्जित कथा र गीतमा केन्द्रित रहेको गीतकार न्यौपानेले बताए। उनले गीतिकथा तयार पार्न ७ वर्ष लागेको बताए।











प्रतिक्रिया