नेपाल यू–१९ टोली फाइनलमा


काठमाडौं।

नेपाल युएईमा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । शनिबारको सेमिफाइनल खेलमा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो । जितको लागि पाएको ५२ रनको लक्ष्य नेपालले ७.५ ओभरमा १ विकेटको क्षतिमा प्राप्त गरेको थियो ।

टोलीलाई जित दिलाउन वंश क्षेत्री र निश्चित क्षेत्रीले दोस्रो विकेटको लागि नटआउट ५१ रनको साझेदारी गरे । वंशले २७ बलमा ३ चौकासहित २३ रन बनाए । निश्चलले १८ बलमा १५ रन बनाए ।

त्यसअघि अजमानको सेभेन डिस्ट्रिक्ट मैदानमा पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा १७ ओभरमै अलआउट मा ५१ रन जोडेर अल आउट भयो । नेपाली बलरको आक्रमक बलिङमा मलेसियाका कोही पनि खेलाडी टिक्नै सकेनन् । टोलीले १३ रन बनाउँदा नै ७ विकेट गुमाएको थियो । टोलीका लागि हम्जा पांगी १३ रन बनाउनु नै सर्वाधिक रन सावित भएको थियो ।

नेपाली बलिङमा नितेश कुमार पटेलले ८ ओभरमा २४ रन दिएर ४ विकेट लिए । चन्दन रामले ५ ओभरमा १७ रन दिएर ३ विकेट लिए । यस्तै अपराजित पौडेल,अशोक धामी र रोशन विश्वकर्माले १÷१ विकेट लिए ।