धनगढीमा महेश बस्नेतविरुद्ध प्रदर्शन गरिरहेका जेन-जीमाथि युवा संघको आक्रमण


काठमाडौँ।

धनगढीमा एमाले नेता महेश बस्नेतको विरोधमा उत्रिएका जेन-जीमाथि आक्रमण भएको छ। बस्नेतको स्वागतमा मोटरसाइलको लश्करसहित हिडेका युवा संघका कार्यकर्ताहरुले जेन-जीमाथि आक्रमण गरेका हुन् ।

सुरक्षाकर्मीको घेरा तोडेर युवा संघका कार्यकर्ताहरुले जेन-जी युवाहरुलाइ हातपात गर्दै लखेटेका थिए । सोही क्रममा जेन-जी समुहकी सरिता जोशी लगायत केही घाइते भएका छन्।

बस्नेत युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न धनगढी आएका हुन्। बस्नेत आउने थाहा पाएपछि जेनजीहरुले आज बिहान देखिनै धनगढीमा प्रदर्शन गरिरहेका थिए।

यसअघि पनि ४ मंसिरमा बस्नेत बाराको परवानीपुर आउने खबर पाएपछि जेनजी युवाहरुले प्रदर्शन गरेका थिए। जसका कारण दुई दिनसम्म बाराको सिमरा अशान्त बनेको थियो ।