बलिउडका हि म्यान धर्मेन्द्र रहेनन्


ख्यातिप्राप्त बलिउडका अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार निधन भएको छ।
दिग्गज अभिनेता धर्मेन्द्रको सोमबार अपरान्ह मुम्बइस्थित आफ्नै निवासमा निधन भएको हो। वृद्ध उमेरसम्बन्धी विभिन्न समस्या झेल्दै आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि नोभेम्बर १ मा मुम्बइको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा भारतीय मिडियामा उनको निधनको खबर पैmलिएपछि धेरै सेलिब्रेटीले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। उनीहरूले पछि माफीसमेत मागेका थिए।


सोमबार उनको निधनपश्चात् बलिउड मात्र नभई संसारभरका शुभ चिन्तकले उनलाई विभिन्न माध्यमबाट श्रद्धाञ्जली दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत बलिउडमा एक युगको अन्त्य भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। ‘धर्मेन्द्रजीको निधनले भारतीय सिनेमामा एक युगको अन्त्य भएको छ। उहा“ एक आइकनिक फिल्मी व्यक्तित्व हुनुहुन्थ्यो। एक अद्भूत अभिनेता जसले हरेक भूमिकामा आकर्षण र गहिराई भर्नुहुन्थ्यो’ मोदीले लेखेका छन् ‘उहा“ले विभिन्न प्रकारका भूमिका जुन सहजताका साथ निर्वाह गर्नुभयो, त्यसले असंख्य मानिसको मन छोएको छ। धर्मेन्द्रजी आफ्नो सादगी, विनम्रता र प्रेमका लागि पनि त्यत्तिकै परिचित हुनुहुन्थ्यो। यो दुःखद् घडीमा मेरो संवेदना उनको परिवार, साथीसाथी र असंख्य प्रशंसकको साथ छ।’

सन् १९९३ डिसेम्बर ८ मा पञ्जाबमा जन्मिएका धर्मेन्द्रले १९६० को दशकमा फिल्मी यात्रा सुरु गरेका थिए। आफ्नो ६ दशक लामो करिअरको दौरान ३ सयभन्दा बढी फिल्ममा अभिनय गरेका धर्मेन्द्र त्यस्ता व्यक्तित्व थिए, जसले फिल्ममार्पmत दर्शकलाई कहिले हसाए कहिले रुवाए अनि कहिले प्रेममा डुबाए। बलिउडमा दशकौ“सम्म हि–म्यानका रूपमा प्रशंसित उनी एकै साथ साहसी, भावुक र आकर्षक नायकका रूपमा स्थापित थिए। सुरुवाती वर्षमा उनले साधारण र भद्र भूमिकाबाट दर्शकको मन जिते पनि फूल और पत्थरपछि उनी साहसी नायकको रूपमा उभिएका थिए।

त्यसपछि आएका उनका शोले, धरम वीर, चुपके चुपके, मेरा गाउ“ मेरा देश आज पनि भारतीय सिनेमामा उत्कृष्ट छवि छोड्न सफल छन्। १९७० को दशक धर्मेन्द्रको करियरको सबैभन्दा चम्किलो समय थियो। त्यो समय मित्रताको रोमाञ्चक कथाले भरिएको शोलेमा वीरुको पात्रले उनलाई अत्यन्त लोकप्रिय बनाएको थियो। अभिनेत्री हेमा मालिनीका साथ गरेका धेरै फिल्मले उनलाई प्रेमिल र रोमान्टिक रूपमा चिनाएको थियो। पछि यो जोडीले वास्तविक जीवनमा पनि जोडी बा“धेको थियो।

धर्मेन्द्रले आफ्नो करियरमा धेरै लोकप्रिय एक्सन फिल्ममा काम गरे। केही फिल्ममा त उनले बाघ, चित्ताजस्ता वन्य जनावरस“ग समेत एक्सन दृश्य दिएका थिए। सन् १९७९ मा आएको फिल्म कर्तव्यमा त उनी वास्तविक चितुवास“गै भिडेका थिए भन्ने रोचक प्रसंगको आज पनि बलिउडमा चर्चा भइरहन्छ।

भारतीय मिडिया रिपोर्टहरूका अनुसार फिल्मको सेटमा एक चितुवा ल्याइएको थियो। पि“जडाभित्र राखिएको चितुवाले चम्किला लाइट देखेपछि उत्तेजित भएर पि“जडा खुल्ने बित्तिकै चित्ता सिधै धर्मेन्द्रतर्फ जाइलाग्यो र आक्रमण गर्न खोज्यो। यो दृश्य देखेर सेटमा सहभागी सबै जनामा त्रास फैलिएको थियो। तर धर्मेन्द्रले आत्मविश्वासपूर्वक चितुवाको घा“टी समातेर रोकिदिएका थिए। केही समयसम्म उनले चितुवालाई त्यही अवस्थामा काबुमा राखेका थिए। भारतीय सञ्चारशमाध्यमका अनुसार मदिराका सौखिन उनी करियरको एक समयमा मदिरा पिएर सुटिङमा जान्थे। मदिराको गन्ध रोक्न प्याज सेवन गर्ने गरेको रहस्य उनैले खुलाएका थिए। मदिरा सेवनका कारण उनको करियरमै समस्या आएको थियो।

वृद्ध उमेरका बाबजुद पछिल्ला वर्षमा पनि फिल्ममा सक्रिय उनले फिल्म रकी और रानीकी प्रेम कहानीमा समेत अभिनय गरेका थिए। ८९ वर्षको उमेरमा उनको अन्तिम बिदाइस“गै उनका स्मरणीय क्षण र पारिवारिक इतिहास फेरि चर्चामा आएका छन्। बलिउडमा कदम राख्नु अघि नै धर्मेन्द्रले सन् १९५४ मा प्रकाश कौरस“ग विवाह गरेका थिए।

प्रकाश कौरका साथ मागी बिहे गरेका उनको प्रकाशको तर्फबाट दुई छोरा सनी देओल, बबी देओल तथा छोरीहरू अजीता र विजेता गरी ४ सन्तान छन्। फिल्म तुम हसीन मैं जवानको सेटमा धर्मेन्द्रको भेट अभिनेत्री हेमा मालिनीका साथ भएपछि उनीहरूबीच प्रेम भएको थियो। प्रकाशका साथ विवाह बन्धनमा रहे पनि धर्मेन्द्र र हेमाले सन् १९८० मा विवाह गरेका थिए। हेमा र धर्मेन्द्रकी दुई छोरी अभिनेत्रीद्वय ईशा देओल र अहाना देओल छन्।

धर्मेन्द्रलाई विले पार्लेको शमशान घाटमा जेठा छोरा सनी देवलले मुखाग्नी दिएका छन्। उनको अन्त्येष्टिमा सर्वसाधरणदेखि उनको चर्चित फिल्म शोलेका जय अर्थात् अमिताभ बच्चन पनि सहभागी भएका थिए। शव यात्रामा निकै भावुक देखिएका अमिताभले अत्येष्टि सकेर फर्क“दै गर्दा आ“सु रोक्न सकेका थिएनन्। धर्मेन्द्रको भारतमा मात्र नभई पाकिस्तान र नेपाललगायत धेरै देशमा फ्यान फलोइङ रहेका छन्। एक समयमा धर्मेन्द्रको फिल्मलाई नेपालमा प्रतिबन्ध लगाएको हल्ला चलेको थियो। तर सो हल्ला अफवाह भएको पुष्टि भएको थियो।