महासचिव पोखरेलको आरोप– “सरकार निर्वाचन गराउने तयारीमा छैन”


काठमाडौँ ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नलागेको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टीको जनप्रदर्शन तथा जनसभामा बोल्दै उनले लोकतन्त्रमा निर्वाचन अनिवार्य भए पनि सरकारले आवश्यक वातावरण निर्माण गर्न नचाहेको दाबी गरे।

पोखरेलले सरकारले सुरक्षा निकायको मनोबल बढाउने कुनै पनि काम नगरेको आरोप पनि लगाउँदै समग्र शासन प्रणाली नै कमजोर बन्दै गएको टिप्पणी गरे।