वर्तमान सरकार संविधानविरुद्धको भन्दै ओलीको आरोप


काठमाडौँ ।

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनको नाममा देशभर घृणा र द्वेष फैलाइरहेको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजित जनप्रदर्शन तथा जनसभामा बोल्दै उनले सरकार काम गर्न अक्षम र भ्रष्टाचारमा डुबेको दाबी गरे। ओलीले जेनजीको नाममा सामाजिक अराजकता निम्त्याउने गतिविधि सरकारले प्रोत्साहित गरेको आरोप पनि लगाए।

साथै, वर्तमान सरकार हिंसा, आगजनी र लुटपाटको वातावरणबाट बनेको भन्दै यसको संवैधानिक परीक्षण अदालतले गर्नुपर्ने र अदालतले यसलाई संवैधानिक ठहर्याउन नसक्ने दाबी गरे। उनले यो सरकार लोकतन्त्रविरुद्ध निर्माण गरिएको पनि आरोप लगाए।