काठमाडौँ।
इण्डोनेसियाको मध्य जाभा प्रान्तस्थित पान्डानारुम जिल्लाको पान्डानारुम गाउँमा गएको पहिरोले कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन्। लगातारको भारी वर्षापछि गएको पहिरोले ठूलो मानवीय क्षति पुर्याएको इण्डोनेसियाली विपद् न्युनिकरण एजेन्सी (बीएनपीबी) ले जनाएको छ।
बिहीवार मात्रै सात जनाको शव फेला परेपछि मृत्यु हुनेहरूको संख्या १० पुगेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले जानकारी दिए।
उनका अनुसार लामो समयको वर्षा, वरपरका ठूला मुहानहरू तथा पहाडका चिरा–फाटाहरूले माटो कमजोर बनेका कारण पहिरोको जोखिम बढेको थियो। स्थानीय अधिकारीहरूले ठूलो भौतिक क्षति भएको जनाउँदै उद्धार कार्य जारी रहेको बताएका छन्।











प्रतिक्रिया