आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ
आइएमई लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारण सभा मंगलबार काठमाडौँमा सम्पन्न गरेको छ । कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मत रूपमा पारित गरिएको छ ।


सभामा अध्यक्ष ढकालले आइएमई लिमिटेड रेमिटेन्स सेवा क्षेत्रमा अग्रणी र सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा स्थापित भएको उल्लेख गर्दै सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले कम्पनीले आगामी वर्षमा व्यवसायिक दायरा विस्तार गर्दै नयाँ प्रविधि र रणनीतिका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


ढकालकाअनुसार, आइएमईले प्रविधिको अधिकतम सदुपयोग गर्दै रेमिटेन्स सेवाको विस्तार र विविधीकरणमार्फत ‘कम्प्लिट फाइनान्सियल सोलुसन’ प्रदान गर्ने लक्ष्य लिएको छ । सभामा संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको २५ वर्षे यात्रा नागरिक जीवनस्तर सुधार र उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले आइएमईलाई सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा स्थापित हुनु कम्पनीको गौरवपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो ।


त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले वित्तीय प्रविधिको अधिकतम उपयोगमार्फत रेमिटेन्स सेवालाई अझ सरल, सुरक्षित र सहज बनाउँदै लैजाने योजनाको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई थप उचाइमा पु¥याउने विश्वास पनि व्यक्त गर्नुभयो ।