काठमाडौँ।
पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ स्थित जिल्ला अदालत बाहिर आज दिउँसो भएको विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको तथा २७ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले सञ्चारमाध्यमलाई जानकारी दिँदै भने, “दिउँसो १२:३९ बजे अदालतमा आत्मघाती हमला भयो। यस हमलाले ठूलो क्षति पुर्याएको छ – १२ जनाको मृत्यु र करिब २७ जना घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको छ।” उनले घाइतेहरूको उचित उपचार सुनिश्चित गर्न प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएका बताए।
प्रहरीले विस्फोटको प्रकृति अहिलेसम्म पत्ता लगाउन नसकेको बताइरहेको छ। घटनापछि अदालत परिसर वकिल, न्यायाधीश र सर्वसाधारणबाट खाली गराइएको छ भने प्रहरी र उद्धार टोलीले घटनास्थलबाट प्रमाण सङ्कलन र अनुसन्धान गरिरहेका छन्। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको समाचार एजेन्सी रोयटर्सले प्रहरीप्रवक्तालै उद्धृत गरी जनाएको छ।
प्रहरीका अनुसार विस्फोटको अनुसन्धान भइरहेको र कारणहरू फोरेंसिक टोलीले दिएको प्रतिवेदना आएपछि मात्र स्पष्ट हुन सक्नेछ। विस्फोट जिल्ला अदालतको प्रवेशद्वार नजिकै भएकोले त्यहाँ प्रायः मानिसहरूको भीड लाग्ने स्थान हो।
यस घटनापछि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले X मा पोस्ट गर्दै देश अहिले युद्धको अवस्थामा रहेको बताएका छन् । उनले लेखेका छन्, “यदि कसैलाई लाग्छ कि पाकिस्तानी सेना अफगान–पाकिस्तान सीमा तथा बलुचिस्तानका दुर्गम क्षेत्रमा मात्र युद्ध लडिरहेको छ भने, आज इस्लामाबादमा भएको आत्मघाती आक्रमणले यो सम्पूर्ण पाकिस्तानका लागि युद्ध हो भन्ने चेतावनी दिएको छ। पाकिस्तानी सेनाले जनताको रक्षा गर्न दैनिक बलिदान दिइरहेकोछ। काबुलका शासकहरू आतंकवाद रोक्न सक्षम छन् वा छैनन् भन्ने भनी वितृष्णा गर्नु उपयुक्त हुँदैन; तर इस्लामाबादमा युद्ध ल्याउने संकेत काबुलबाट आएको भए यसको जवाफ पाकिस्तानसँगै हुन सक्छ।”
प्रहरी तथा सम्बन्धित निकायहरूले थप अनुसन्धान र पोस्ट–ब्लास्ट फोरेंसिक परीक्षणपछि थप विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
-बीबीसी











प्रतिक्रिया