काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अति न्यून विकसित देश (
एलडीसी ) वर्गीकरणबाट विकासशील मुलुकमा स्तरोन्नति हुने तयारी पुनर्मूल्यांकनसहित कम्तीमा तीन वर्ष समय थप्न सरकारसँग आग्रह गर्नुभएको छ ।
योजना आयोगले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले २०२६ नोभेम्बरसम्मका लागि तय भएको स्तरोन्नतिअघि संभावित चुनौती, असर र जोखिमप्रति नीति निर्माता गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
ढकालका अनुसार, बंगलादेशले पुनर्मूल्यांकन माग गरिसकेको र नेपालमा हालको आर्थिक अवस्थाले स्तरोन्नति समय सार्नुपर्ने आवश्यकता देखिएको छ ।
‘जबरजस्ती धनी देखिने निर्णयले उत्पादन, रोजगार तथा निजी क्षेत्रको मनोबलमा गम्भीर असर पर्न सक्छ,’ उहाँको भनाइ छ । प्रतिव्यक्ति आय औपचारिक रूपमा पुगे पनि पछिल्ला आर्थिक सूचक कमजोर रहेको, माग खस्किएको, जोखिम बढेको र साना उद्योग तथा महिलाको रोजगारी गुम्ने खतरा रहेको उल्लेख गर्दै ढकालले विशेषगरी निर्यातमा लागू हुने ‘उत्पत्तिको नियम’, तयार पोशाकमा दोहोरो मूल्य श्रृंखलाको प्रभाव, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी ८७ पारित गर्दा श्रम बजारमा पर्ने सम्भावित असरबारे अध्ययन नहुँदा समस्या बढ्न सक्ने बताउनुभयो ।











प्रतिक्रिया