काठमाडौं ।
नेपाली कांग्रेसले शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ।
बैठकमा कांग्रेसका पूर्वसांसद् तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ। आलमको गएराति साढे २ बजे निधन भएको थियो।











प्रतिक्रिया