काठमाडौँ ।
असोज १७ देखि २० गतेसम्म भारी वर्षाको सम्भावनालाई ध्यानमा राखी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर सतर्कता अपनाउन निर्देशन दिएको छ। बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको भर्चुअल बैठकमा सबै प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, र सम्बन्धित निकायलाई पूर्ण तयारी अवस्थामा रहन भनिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुन सक्ने देखिएको छ। बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी लगायतका निकायले राहत र उद्धारका लागि तयारी अवस्थामा रहेको जानकारी दिएका छन्। सम्भावित बाढी(पहिरोको जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन र आपत्कालीन व्यवस्थापनका सबै तयारी गर्न निर्देशन दिइएको छ।











प्रतिक्रिया