दसैंको दिन प्रधानमन्त्री कार्कीद्वारा जेनजी आन्दोलनका मृतक परिवारलाई भेट


काठमाडौँ ।

प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीमा जेनजी आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री कार्कीले बिहीबार दिउँसो बागलुङ घर भई काठमाडौँको वनस्थलीमा बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेट्नेछिन्।

त्यसपछि नागर्जुन–३ मा कान्छी नगरकोटी र कीर्तिपुरस्थित मैत्रीनगरमा बुद्धिबहादुर तामाङको परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले यसअघि नै जेनजी आन्दोलनका मृतकको सम्झनामा दसैंको टीका नलगाउने घोषणा गरेकी थिइन्।