काठमाडौँ ।
मधेस प्रदेशमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको लागि चार दलबीच सहमति भएको छ। कांग्रेस, एमाले, जनमत र लोसपाबीच भएको सहमतिअनुसार कांग्रेस संसदीय दलका नेता कृष्णा यादव मुख्यमन्त्री बन्ने तय भएको जनमत पार्टीका नेता महेश यादवले जानकारी दिए।
जनमत पार्टीले सिंहलाई पार्टीबाट फिर्ता बोलाएसँगै कांग्रेसले पनि समर्थन फिर्ता लिएपछि सिंह नेतृत्वको सरकार अल्पमतमा परेको हो। अब प्रदेश प्रमुख जनकपुर फर्किएपछि नयाँ सरकार गठनका लागि बहुमत सांसदहरूको हस्ताक्षरसहित पत्र पेश गरिने तयारी छ। मन्त्रालय बाँडफाँटका विषयमा भने छलफल जारी रहेको जनाइएको छ।
मधेस प्रदेशमा सरकार गठनका लागि ५४ सांसदको बहुमत आवश्यक पर्छ भने नयाँ गठबन्धनसँग पर्याप्त संख्या रहेको छ।











प्रतिक्रिया