दसैंमा घर फर्किनेहरूको भीड, उपत्यकाका चोक भरिए


काठमाडौं ।

दसैं सुरु भएसँगै काठमाडौँ उपत्यकामा घर फर्किने यात्रुको भीड बढेको छ।

शनिबार दसैंको पाँचौँ दिन परेपछि अधिकांश संघसंस्था, विद्यालय, र कलेजहरू बन्द भएका कारण बसपार्क र मुख्य चोकहरूमा यात्रुको चाप देखिएको हो।

बिहानैदेखि उपत्यकाका सडकहरूमा घर जाने मानिसहरूको भीड देखिएको छ।