विराटनगर।
भारतको जोगवनी नाका आसपासको क्षेत्रमा उत्पन्न तनावका कारण नेपाल–भारतबीचको मुख्य प्रवेशद्वार अस्थायी रूपमा बन्द गरिएको छ। दुवै देशका सुरक्षाकर्मीले नाका सिल गरेर आवागमन रोक्का गरेका छन्।
दशैं नजिकिएसँगै स्वदेश फर्कने नेपालीहरुको चाप बढिरहेको बेला नाका बन्द भएपछि यात्रुहरू समस्यामा परेका छन्। नेपाल फर्कन चाहने नेपाली नागरिकलाई स्थानीय प्रशासनले सचेत रहन र अन्य वैकल्पिक नाकाबाट आवागमन गर्न आग्रह गरेको छ।
सुरक्षा संवेदनशीलता कायम गर्न दुवै देशका सुरक्षा निकाय उच्च सतर्कतामा रहेका छन्। परिस्थिति सामान्य भएपछि मात्र नाका सञ्चालन गर्ने सम्बन्धित निकायले जनाएका छन्।
दशैं मनाउन स्वदेश फर्कनुहुने नेपालीजनलाई अनावश्यक भीडभाड नगर्न, सुरक्षाकर्मीको निर्देशन पालना गर्न र सुरक्षित विकल्प रोज्न अनुरोध गरिएको छ।











प्रतिक्रिया