काठमाडौँ ।
हाल मनसुनी वायुको प्रभाव कमजोर भए पनि स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य पहाडी र तराई क्षेत्रका केही भागमा मध्यम वर्षा हुन सक्छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। राति पनि पहाडी क्षेत्रमा बदली रही केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ।











प्रतिक्रिया