मोरङ । विराटनगर महानगरपालिका–१५ बाट करिब २ सय ६२ किलो ५८० ग्राम गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार राति इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो।
पक्राउ पर्नेहरूमा विराटनगर–१८ बस्ने श्याम कुमार यादव, सुनसरी घर भएकी २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरे रहेका छन्। प्रहरीले मे।१च ५८२६ नम्बरको बोलेरो गाडीमा लुकाइछिपाइ ल्याइराखेको अवस्थामा गाँजा फेला पारेको थियो। घटनास्थलमै सन्जु र निखिललाई नियन्त्रणमा लिइएको थियो।
प्रहरीको थप अनुसन्धानमा उक्त गाँजा श्याम कुमार यादवको भएको पुष्टि भएपछि उनलाई विराटनगर–१८ स्थित आईसिपी रोडबाट पक्राउ गरिएको हो।
बरामद गरिएको गाँजा र पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। प्रहरीका अनुसार गाँजाको आपूर्ति सञ्जाल र संलग्न अन्य व्यक्तिहरुका बारेमा थप अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया